Logo

काठमाडौंमा १६ गतेदेखि माछा महोत्सव, विभिन्न जातका माछाका परिकार पाइने

काठमाडौंमा १६ गतेदेखि माछा महोत्सव, विभिन्न जातका माछाका परिकार पाइने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३ माघ, काठमाडौं । काठमाडौंमा माछा महोत्सव हुने भएको छ । नेपाल मत्स्य समाज तथा नेपाल मत्स्य व्यवसायी संघले संयुक्त रुपमा दोस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा रायष्ट्रय सम्मेलन गर्न लागेको हो । ‘मत्स्य पालनको विकास, समृद्ध राष्ट्रको आधार’ भन्ने मुल नारा सहित आयोजना गरिएको उक्त महोत्सव यहि माघ १६ देखि १८ गतेसम्म चल्लने छ ।

मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषदको मत्स्य अनुसन्धान महाशाखा, कृषि तथा बन बिश्वविद्यालय,  एक्वा फिस, मनहरि डेभलपमेन्ट इन्स्टीच्युटलगायत संस्थाको सहकार्यमा नेपाल मत्स्य समाज तथा नेपाल मत्स्य व्यवसायी संघले महोत्सवको आयोजना गरेको हो । शनिबार पत्रकार सम्मेलन गरी उक्त महोत्सव बानेश्वरस्थित एभरेष्ट होटेल अगाडिको चौरमा आयोजना हुने बताइएको छ ।

महोत्सवमा ५० वटा स्टल राखिने नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले जानकारी दिए । जसमध्ये १० वटा चेतनामूलक, २० वटा माछा तथा माछापालनसम्बन्धी आवश्यक प्राविधिक उपकरण सहितको व्यवसायिक तथा २० वटा माछाका परिकारसम्बन्धी स्टल राखिने भएको छ ।

महोत्सवमा २५ वटा जिल्लाका माछा व्यवसायीले सहभागिता जनाउने संघले जनाएको छ । संघकाअनुसार मेलामा मुख्यगरी सात जातका माछाका साथै नयाँ जात मानिएको टिलापिया र पंगेसियस जातको माछाको परिवार, माछाको भूरासहित रंगिन माछाको अवलोकन तथा बिक्री गरिने छ ।

मत्स्य विकास निर्देशनालका निर्देशक डा. रामानन्द मिश्रका अनुसार बानेश्वरकै इन्द्रेणी कम्पलेक्सको मैत्री हलमा राष्ट्रिय सम्मेलनको आयोजना समेत गरिएको छ । सम्मेलनमा माछासम्बन्धी बिभिन्न बिज्ञहरुले २० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । उनकाअअनुसार माछाले देशको कुल ग्राह्स्थ्य उत्पादनमा १ प्रतिशत तथा कृषि ग्राह्स्थ्यमा उत्पादनमा ३ प्रतिशले योगदान पु¥याउदै आएको छ ।

निर्देशनालयकाअनुसार नेपालको ५६ जिल्लामा माछाको  उत्पादन हुँदैआएको छ । तराईको २०, मध्य पहाडीको ३० तथा हिमालीको ६ जिल्लामा माछा उत्पादन हुन्छ । नेपालको बारा जिल्लामा माछा उत्पादनमा पहिलो नम्बरमा आउछ । नेपालका २१ प्रजातिका माछा संकट सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL