Logo

नेप्सेमा दिनभर उत्तरचढाव, अन्तमा २ अंकले बढ्यो

नेप्सेमा दिनभर उत्तरचढाव, अन्तमा २ अंकले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० पुस, काठमाडौं । बुधबार नेप्से परिसुचक दिनभर उत्तरचढाव भएको छ । बजार खुलेको केही समय बढेको नेप्से बीचमा आएर घटेको थियो । तर, अन्तिम समयमा आएर बजार सुध्रिदै २ दशमलव ५ अंकले  बढेको छ ।  बुधबार नेप्से परिसुचक ९ सय ३९ दशमलव ७ विन्दुमा पुगेर अडिएको छ ।

बुधबार कुनै पनि समुहका परिसुचक उच्च रुपमा बढ्न सकेनन् । बजारमा सवैभन्दा बढी उत्पादनमूलक समुहको परिसूचक  १६ दशमलव ३ अंकले बढेको छ ।  त्यस्तै, बैैैैंकिङ क्षेत्रको परिसुचक शुन्य दशमलव ७६ प्रतिशतले बढेको छ भने विकास बैंक र अन्य समुहको परिसुचक पनि सामान्य उकालो लागेको छ ।

यता जलविद्युत ,होटल तथा बीमाकम्पनीको परिसूचक भने घटेको छ । होटल समूहको परिसूचक २३ दशमलव ७२ अंकले घटेको छ । त्यस्तै, जलविद्युतको परिसुचक ६ दशमलव ८७ र बीमाको परिसुचक १५ दशमलव ३३ अंकले ओरालो लागेको छ ।

सोमबार बजारमा कुल २४ करोड ९२ लाख रुपैयाँ बराबरको ५ सय ९० कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL