Logo

अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, मेलाले देशलाई ब्राण्डको रुपमा स्थापित गर्ने

अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, मेलाले देशलाई ब्राण्डको रुपमा स्थापित गर्ने


रामराजा श्रेष्ठ
27
Shares

unnamed
बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ । उक्त मेला काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि चैत्र २ गतेसम्म हुने छ ।

मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ । विशेषगरी भारत, चीन, वंगलादेश, पाकिस्तान, मलेसिया, भुटान, ताइवान लगायतका देशका कम्पनीहरुले सहभागिता जनाउने छन् । यसैगरी जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट पनि खरिदकर्ताहरुले मेलाको अवलोकन गर्ने छन् ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा जडीवूटी प्रदर्शनी हुनेछ जसमा विभिन्न ६५ वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ । मेलामा ३ सय भन्दा बढी स्टलहरु रहनेछन् ।
मेलाले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा ब्राण्डको रुपमा स्थापित गर्ने महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले बताए । ‘मेलाले आर्थिक गतिविधि बढाउने, स्वदेशी वस्तु तथा उत्पादनको प्रवद्र्धन गर्ने, लुकेर रहेको सृजनालाई उजागर गर्नुका साथै समग्रमा राष्ट्रिय अर्थतन्त्रको उत्थानमा सहयोग पुर्याउने छ,’ उनले भने ।

महासंघको व्यापार मेला समितिका सह–सभापति मनिषलाल प्रधानले मेलामा नेपालले निर्यात योग्य भनि पहिचान गरिएका अदुवा, कफी, हस्तकला लगायत हर्वल, एक गाउं एक उत्पादन, हिमाली, महिला उद्यमीहरुका उत्पादन लगायतका वस्तुहरुको विशेष प्रवद्र्धन गरिने जानकारी दिए । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL