Logo

नेप्से ११ अंकले बढ्यो, कारोवारमा पनि सामान्य बृद्धि

नेप्से ११ अंकले बढ्यो, कारोवारमा पनि सामान्य बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । बुधबार नेप्से परिसुचक १० दशमलव ५९ अंकले बढेको छ । तीन दिनसम्म लगातार ओरालो लागेको नेप्से आज बढेको हो । बजार खुलेदेखि सामान्य रुपमा बढेको नेप्से अन्ततः ८ सय ८७ दशमलव ८ विन्दुमा पुगेर अडिएको छ ।

बुधबार बजारमा सबैभन्दा बढी जलविद्युत् र बीमा समुहको परिसुचक बढेको छ । उक्त समुहको परिसुचक क्रमशः ३२ दशमलव २६ र ३२ दशमलव ४३ अंकले बढेको छ । यसैगरी बैंकिङ समुहको परिसुचक पनि १४ दशमलव २२ अंकले बढेको छ । अघिल्ला दिनमा घटेको बैंकिङ समुहको परिसुचक बढेपछि समग्र नेप्से परिसुचक पनि उकालो लागेको हो । होटल र फाइनान्स समुहको परिसुचक भने ओरालो लागेको छ ।

बजारमा कारोवार रकम पनि सामान्य बढेको छ । बुधबार १७ करोड ७६ लाख रुपैयाँ बरावरको ४ लाख ३० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL