Logo

उद्योग मन्त्री भन्छन्, उद्योगीको समस्या उद्योग मन्त्रालयले मात्रै समाधान गर्न सक्दैन

उद्योग मन्त्री भन्छन्, उद्योगीको समस्या उद्योग मन्त्रालयले मात्रै समाधान गर्न सक्दैन


रामराजा श्रेष्ठ
0
Shares

lef

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । छाला जुत्ता उत्पादकहरुको सवै माग उद्योग मन्त्रालयले पुरा गर्न नसक्ने उद्योग मन्त्री महेश वस्नेतले  बताए । ‘उद्योग व्यवसाय उद्योग मन्त्रालाय अन्तरगत स्थापना भएपछि ती उद्योगहरुलाई दिने सेवासुविधा जस्ता विषय अर्थमन्त्रालय अन्तरगत पर्छ,’ छाला वस्तु तथा जुत्ता चप्पलको ११ औं औद्योगिक प्रदर्शनीको उद्घान गर्दै उनले, ‘उद्योगी व्यवसायीका माग पुरा गर्न दुवै मन्त्रालय सहमत हुनुपर्छ ।’ साथै, देशमा उद्योग कलकारखाना विस्तारका लागि उद्योग मन्त्रालय लागि परेको समेत उनले बताए ।

हाल नेपाली  उत्पादनमा भारतीय बजारमा प्राथमिकता दिनका लागि समेत छलफल भइरहेको उनले जानकारी दिए । ‘भारतीय बजारमा नेपाली उत्पादनलाई पनि उनीहरुको उत्पादन सरह मान्यता दिन दुई देशबीच छलफल भइरहेको छ,’ उनले भने, ‘सो विषयमा सहमति भएमा नेपाली उत्पादनले भारतीय बजारमा सहज रुपमा पहुँच पुग्नेछ ।’

हाल सरकारले तयारी बस्तु र कच्चा पदार्थ आयात गर्दा एउटै भन्सार मुल्य कायम गरेर स्वदेशी उद्योगीलाई समस्यामा पारेको समेत उनले बताए । भन्सार मुल्यकै कारणले गर्दा पनि स्वदेशी उत्पादनले बजार विस्तार गर्न सकेको छैन ।

यसैगरी  नेपालीमा उद्योगमैत्री चेतना नभएकाले पनि छाला जुत्ताको विकास हुन नसकेको उनको भनाइ थियो । जुत्ता बनाउनका लागि चाहिने आवश्यक कच्चा पदार्थ छाला हो,’ उनले भने, ‘तर हामीले छाला मासुको रुपमा खाइरहेका छौं ।’

कार्यक्रममा नेपाल छाला बस्तु तथा जुत्ता उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले आवश्य नीति नियम नहुँदा जुत्ता निर्माणका लागि आवश्यक कच्चा पदार्थ सस्तो मुल्यमा निर्यात भइरहेको बताए । यसैगरी कच्चा पदार्थ र तयारी बस्तु आयातमा भन्सारदर कम्तीमा पनि १५ प्रतिशतको फरक गर्नुपर्ने व्यवसायीहरुको माग छ । हाल नेपाली जुत्ता उद्योगमा ३० अर्व रुपैयाँ लगानी भएको जानकारी दिँदै यस उद्योगले ५० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताए । हाल स्वदेशी उत्पादनमा सामुहिक चिन्ह कार्यान्वयनमा ल्याउन नसक्दा विकृति फैलिएको समेत उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL