Logo

तीन दिनमा नेप्से २७ अंकले घट्यो, आज ८ अंकले गिरावट

तीन दिनमा नेप्से २७ अंकले घट्यो, आज ८ अंकले गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ पुस, काठमाडौं । यस हप्ता नेप्से परिसुचक लगातार ओरालो लागेको छ । तीन दिनमा नेप्से परिसुचक २७ दशमलव ३० अंकले घटेको छ । साताको पहिलो दिन ७ दशमलव २८ अंकले घटेको नेप्से सोमबार ११ दशमलव १२ अंकले घटेको छ । मंगलबार पनि बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक ८ दशमलव २३ अंकले घटेर ८ सय ७७ दशमलव २१ बिन्दुमा आइपुगेको छ ।

मंगलबार बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहहको परिसुचक ५७ दशमलव २५ अंकले घटेको छ भने होटल समुहको परिसुचक २९ दशमलव ३३ अंकले ओरालो लागेको छ । यसैगरी सेयर बजारमा प्रभाव पार्ने बैंकिङ समुह पनि ६ दशमलव ३२ अंकले घटेको छ । मंगलबार पनि बजारमा सवै समहुको परिसुचक ओरालो लगेको छ ।

मंगलबार कुल १६ करोड २ लाख रुपैयाँ बरावरको ३ लाख ५६ हजार कित्ता सेयर कारोवार भएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL