Logo

फूडमान्डुको फर्स्ट बाइट क्याम्पेन सार्वजनिक, नयाँ प्रयोगकर्तालाई ५ सयसम्म छुट

फूडमान्डुको फर्स्ट बाइट क्याम्पेन सार्वजनिक, नयाँ प्रयोगकर्तालाई ५ सयसम्म छुट



काठमाडौं । फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन फर्स्ट बाईट सार्वजनिक गरेको छ ।

कम्पनीले फुडमाण्ड एपका नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत वा ५ सय रुपैयाँसम्म पाउने सक्ने गरी उक्त क्याम्पेन सुरु गरेको हो ।

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार फुडमाण्डु एपले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको बताईन् ।

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा फर्स्ट भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्नुहुनेछ

प्रतिक्रिया दिनुहोस्
MBL