Logo

आइएमई पेको नयाँ योजना, एयरलाइन्स टिकट काट्दा १२५ रुपैयाँ बढी क्यासब्याक

आइएमई पेको नयाँ योजना, एयरलाइन्स टिकट काट्दा १२५ रुपैयाँ बढी क्यासब्याक



काठमडाौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले आइएमई पेमार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १ सय ५० रुपैयाँ बढी क्यासब्याक पाउने गरी योजना सार्वजनिक गरेको हो ।

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको बोनस नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपेइाँ गरि कम्तिमा १ सय २५ रुपेइाँ बढी क्यासब्याक पाउन सक्ने छन्।

उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL