Logo

नयाँ दिल्लीकाे बाह्रखम्बा रोडमा आइएमई इण्डियाको नयाँ शाखा, इण्डो–नेपाल रेमिट्यान्स सेवाको थप विस्तार

नयाँ दिल्लीकाे बाह्रखम्बा रोडमा आइएमई इण्डियाको नयाँ शाखा, इण्डो–नेपाल रेमिट्यान्स सेवाको थप विस्तार



काठमाडौं । आइएमई इण्डिया प्रालिले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा.शंकर प्रसाद शर्माले उक्त शाखा उदघाटन गरेका हुन् ।

आइएमई इण्डियाले नयाँ शाखा मार्फत बिदेशी मुद्रा सटही र आईडीएफसी बैंक सँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने बताईएको छ । शाखा उद्घाटन गर्दै राजदुत डा.शंकर प्रसाद शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिँदै नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।

सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताएका छन् । यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे ।

शाखा विस्तार समारोहमा दिल्ली स्थित नेपाली दूतावासका उच्च अधिकारीहरु र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल सहित आइएमई इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारी सहित सो क्षेत्रमा रहेका नेपालीहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL