Logo

आइएमई पे र चितवनको बिगमार्टबीच सम्झौता, ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ अफर सार्वजनिक

आइएमई पे र चितवनको बिगमार्टबीच सम्झौता, ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ अफर सार्वजनिक



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले चितवनको बिगमार्टसँग उक्त अफर ल्याउने सम्झौता गरेको हो ।

उक्त अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १ सय रुपैयाँसम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटक सम्म पाउने छन् ।

अफरको दोश्रो चरण असार १ देखी साउन ३२ सम्म रहने छ । सो अवधिमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL