Logo

‘रेडमी १०–२०२२’ को मूल्य घट्यो, कति पर्छ अब ?

‘रेडमी १०–२०२२’ को मूल्य घट्यो, कति पर्छ अब ?



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘रेडमी१०-२०२२’ नेपाली प्रयोगकर्ताका लागि जेठ २ गतेदेखि जेठ १७ गतेसम्मको सीमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ।

आफ्ना उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले ‘रेडमी१०–२०२२’मा अफरस्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ग्राहकले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोन चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौँ र हामी विश्वस्त छौं कि ‘रेडमी१०–२०२२’को प्रभावशाली सुविधा र कार्यसम्पादनका साथ ग्राहकका अपेक्षाहरु पूरा गर्न गर्नेछ।’

‘रेडमी१०-२०२२’ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरुका लागि व्यापक रुपमा प्रशंसा गरिएको छ। यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको छ, जसले प्रयोगकर्तालाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ। शक्तिशाली मिडियाटेक हेलियो जी८८ प्रोसेसरद्वारा सञ्चालित ‘रेडमी१०–२०२२’ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्यागरहित प्रदर्शन प्रदान गर्दछ। १८डब्ल्यू फास्ट चार्जिङ सपोर्ट रहेने यसमा शक्तिसाली ५०००एमएएच ब्याट्रीका साथ प्रयोगकर्ताले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन्।

रेडमी १० २०२२ पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी ३ रङमा उपलब्ध हुनेछ। यो ४जीबीं६४जीबी र ६जीबीं१२८जीबी गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। रेडमी १० २०२२ ४ जीबीं ६४ जीबी–वास्तविक मूल्य २० हजार ४९९ रूपैयाँ र छुट मूल्य १९ हजार ९९९ रूपैयाँ रहेको छ।

रेडमी १० २०२२ (६जीबीं१२८जीबी) वास्तविक मूल्य २३ हजार ९९९ रूपैयाँ र छुट मूल्य २२ हजार ९९९ रूपैयाँ रहेको छ।

रेडमी १० २०२२ देशभरका सबै अधिकृत स्टोर, आधिकारिक खुद्रा बिक्रेता र ई-कमर्स प्लेटफर्ममा उपलब्ध छ। छुट मूल्य जेठ २ गतेदेखि जेठ १७ गतेसम्म मात्र उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL