Logo

ब्रोकर लाइसेन्स वितरण पनि रोक्न ब्रोकर एशोसिएसनको माग, अध्ययन नगरी नयाँ कम्पनी ल्याउन खाेजियाे

ब्रोकर लाइसेन्स वितरण पनि रोक्न ब्रोकर एशोसिएसनको माग, अध्ययन नगरी नयाँ कम्पनी ल्याउन खाेजियाे



काठमाडौं । स्टक ब्रोकर एशोसिएन नेपालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण पनि रोक्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै एशोसिएसनले नयाँ वितरण गर्न लागिएको ब्रोकर कम्पनीको लाइसेन्स पनि रोक्न सरकारसमक्ष माग गरेको हो ।

laxmi

यसअघि प्रधानमन्त्रीकै निर्देशनमा स्टक एक्सचेन्जको लाइसेन्स वितरण रोकेको कदमको प्रशंसा गर्दै एशोसिएसनले सोही अनुसार ब्रोकर कम्पनीको पनि लाइसेन्स वितरणमा रोक लगाउन विज्ञप्तिमार्फ माग गरेको छ ।

धितोपत्र बोर्डले लाइसेन्स वितरण भन्दै आर्थिक अनियमितना गरेको सम्भावना रहेको भन्दै संघले यस्तो माग गरेको हो ।

पछिल्लो समय केहि साहुहरुले नीतिगत तहमै खेलेर र आर्थिक लेनदेन गरेर उक्त लाइसेन्स हत्याउन खोजिरहेको एशोसिएनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL