Logo

सामसंगको ग्यालेक्सी ए२४ एलटिइ बजारमा, यस्तो छ बजारमूल्य

सामसंगको ग्यालेक्सी ए२४ एलटिइ बजारमा, यस्तो छ बजारमूल्य



काठमाडौं । सासमङले आफ्नो ए–सिरिजमा एक नयाँ फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक गरेको हो । अक्टा–कोर प्रोसेसर जडित उक्त फोन भरपुर विशेषतासहित भरिपुर्ण रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

नयाँ ग्यालेक्सी ए२४ एलटिइमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले उपलब्ध छ । उक्त मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि र्यामका साथ काम गर्छ । साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

बजारमा उपलब्ध ग्यालेक्सी ए२४ ६ + १२८ जिबिको मुल्य र२ ८ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । यस्तै यसैको ८ + १२८ जिबिको मोबाइल ३१ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL