Logo

नेपाली बजारमा नेक्सन इभी म्याक्स सार्वजनिक, यस्तो छ बजारमूल्य

नेपाली बजारमा नेक्सन इभी म्याक्स सार्वजनिक, यस्तो छ बजारमूल्य



काठमाडौं । टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । कम्पनीले यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप हालसम्म राम्रै विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप नँया गाडी नेपालमा सार्वजनिक गरेको हो ।

७.२ किलोवाट चार्जिङको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँमै उपलब्ध हुने उक्त गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा रंगहरुमा उपलब्ध छ । यस्तै यसमा स्ट्यान्डर्ड रंगको रुपमा डुएल टन बडी पनि उपलब्ध छ ।

४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ ।

यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २ सय ५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ कार्य सम्पन्न गर्दछ ।

नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ ।

नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका इभीहरुको साथ टाटाले विगत केहि समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको टाटा मोटर्स पेसेन्जर भेहिकलका प्रवन्ध निर्देशक शैलेस चन्द्र बताउँछन् ।

उनले अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिने बताए । यस्तै रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट भएको उनको भनाई छ ।

चन्द्रका अनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरुको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने छ ।

त्यस्तै, सिप्रदी ग्रुप अफ कम्पनीजÞका अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा. नेक्सन इभी म्याक्स नेपाली ग्राहकहरुको बदलिंदो आवश्यकता एवं इच्छालाई परिपूति गर्ने एक नविन सौगात भएको बताउँछन् ।

उनी यो गाडी सिप्रदी र टाटा मोटर्स बीचको न्यानो साझेदारीमा एक नयाँ कोशेढुंगा सावित हुनेमा विश्वस्त छन् । राणाका अनुसार सिप्रदी भविष्यका दिनहरुमा टाटा मोटर्स का उच्चस्तरका उत्पादनहरु नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिवद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL