Logo

सुनको मुल्यमा विश्वबजारको प्रभाव, प्रतितोला ४ सय रुपैयाँले घट्यो

सुनको मुल्यमा विश्वबजारको प्रभाव, प्रतितोला ४ सय रुपैयाँले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ पुस, काठमाडौं । विहीबार पनि नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधकार प्रतितोला ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएकोमा विहीवार ५२ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ५१ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

विश्वबजारमा सुनको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव स्वरुम सुनको भाउ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL