Logo

नेपालमा एसेम्बल प्लाण्ट खोल्दै अशोक लेलैण्ड, आईएमईद्वारा औपचारिक विक्री शुरु

नेपालमा एसेम्बल प्लाण्ट खोल्दै अशोक लेलैण्ड, आईएमईद्वारा औपचारिक विक्री शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय मोटर निर्माता कम्पनी अशोक लेलैण्डले नेपालमा पनि एसेम्बल प्लाण्ट स्थापना गर्ने भएको छ । नेपालमा आफ्नो उपस्थिती वलियो बनाउनका लागि एसेम्वल प्लाट स्थापना गर्ने योजना बनाएको अशोक लेलैण्डका प्रवन्ध निर्देशक विनोद के देसारीले बताए । ‘हामी नेपालमा पहिलो नम्बरमा हुने रणनीतिका साथ अघि बढेका छौं,’ अशोक लेलैण्डको नेपालमा औपचारिक विक्री शुरुवात तथा गोङ्गबु बसपार्कमा अत्याधुनिक सर्भिस सेन्टर उद्घाटनको क्रममा उनले भने, ‘तसर्थ नेपाली बजारको माग अनुरुप एसेम्बल प्लाण्ट नै स्थाना गरिने छ ।’

देसारीका अनुसार आईएमई ग्रूपको सहकार्यकामा एसेम्बर प्लाण्ट स्थापना गरिने छ । ‘अशोक लेलैण्डले नेपालमा जे काम गर्छ त्यो सवै आईएमई ग्रूपको सहकार्यमा हुने छ,’ उलने भने, ‘प्लाण्ट स्थापना गर्दा पनि आईएमईलाई सँगै लिएर अघि बढ्ने छौं ।’ अशोक लेलैण्ड भारतीय बजारमा दोस्रो र विश्वर चौथो नम्बरमा रहेको जानकारी दिँदै नेपालमा पनि छिट्टै फड्को मार्ने उनको दावी थियो । ‘आईएमई ग्रूपले अरु क्षेत्रमा जसरी प्रगती हासिल गरेको छ अटो व्यवसायमा पनि सोही अनुरुप अघि बढ्ने छ,’ उनले भने, ‘नेपालमा आईएमईसँग सहकार्य गर्न पाउनु नै हाम्रो लागि ठूलो कुरा हो ।’ आईएमई ग्रूपमा अध्यक्ष चन्द्रप्रसाद ढकाल उनको टिमले यसलाई सफलता पूर्वक अघि बढाउने समेत उनको भनाइ थियो ।

ashok layland

कार्यक्रममा आईएमई ग्रूपमा अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बजारमा अशोक लेलेैण्ड मेजर प्लेयरको रुपमा रहने दावी गरे । विश्व बजारमा अशोक लेलैण्ड जतिको राम्रो, बलियो र गुणस्तरिय ब्राण्ड अरु कुनै छैन,’ उनले भने, ‘तसर्थ आईएमईले यसलाई द्वुत गतिमा अघि बढाउने छ ।’ आईएमईले नेपाली बजारमा अशोक लेलैण्डका सवै उप्पादनहरु विक्री वितरण गर्ने छ । साथै, नेपालमा अशोक लेलैण्डको आईएमई ग्रूप एक मात्र आधिकारीक डिष्ट्रीब्युटर भएकोमा खुशी समेत व्यक्त गरे । नेपाली बजारमा अशोक लेलैण्डमा सम्पूर्ण उत्पादनहरु आईएमई ग्रूप अन्तरगतको एलटि इन्टरप्राइजेजले विक्री गर्ने छ ।

कार्यक्रममा एलटि इन्तरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डका गाडीहरु नेपाली बाटो सुहाउँदै भएको र ग्राहकले यसलाई मन पराउने बताए । साथै, कम्पनीले गाडीको स्पेयर पार्टर सर्भिसलाई मुख्य प्राथमिकता दिने बताए । ‘यस अघि पनि नेपाली बजारमा अशोक लेलैण्डका गाडीहरु भित्रिएको थियो तर स्पेयर पार्टस र सर्भिस राम्रो नुहँदा विक्री हुन सकेन,’ उनले भने, ‘ग्राहकको सुविधालाई मध्यनजर गर्दै स्पेयर पार्टस र सर्भिसलाई मुख्य प्राथमिकता दिइएको हो ।’

आगामी दिनमा अशोक लेलैण्डका विभिन्न ५५ किसिमका गाडीहरु नेपाली बजारमा भित्र्याइने समेत उनले जानकारी दिए । औपचारिक उद्घाटनको क्रममा विभिन्न ६ वटा गाडी विक्री भएको थियो । कम्पनीले केही समयभित्रै काठमाडौंमै अर्को सर्भिस सेण्टर खोल्ने भएको छ भने उपत्यका वाहिर विभिन्न ७ स्थानामा सर्भिस सेण्टर संचालनमा आइसकेको र आगामी १ वर्ष भित्र मुख्य मुख्य शहरमा पुगिने समेत उनले जानकारी दिए । आफुहरुले डिस्ट्रिीब्युटर लिए पश्चात ५ सय ५० वटा गाडी विक्री गरिसकेको समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL