Logo

साताको पहिलो दिन नेप्सेमा ६.९० अंकको गिरावट, कारोबार १ अर्बमा सीमित

साताको पहिलो दिन नेप्सेमा ६.९० अंकको गिरावट, कारोबार १ अर्बमा सीमित



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ६.९० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा एकल अंकले घट्दै १९ सय २६ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज दिनभर २ सय ५९ कम्पनीका ३१ लाख ६३ हजार ३ सय ८९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भन १ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । आज दिनभरको कारोबारमा १ सय २७ कम्पनीका सेयरमुल्यमा गिरावट आउँदा ७४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । त्यसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL