Logo

आइएमई पे र इपीएस कोरिया शाखाबीच सम्झौता, अब आवेदन शुल्क आइएमई पे बाटै

आइएमई पे र इपीएस कोरिया शाखाबीच सम्झौता, अब आवेदन शुल्क आइएमई पे बाटै



काठमाडौं । आइएमई पे र वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौता अनुसार इपीएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्ने भएको हो ।

laxmi

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको इपीएस कोरिया शाखाद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL