Logo

७६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ३६ करोड माथि

७६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ३६ करोड माथि



काठमाडौं । पछिल्लो समय झिनो अंकसहित बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एकाएक उच्च अंकको वृद्धि देखिएको छ । साताको तेस्रो दिन आज बिहानैदेखि उकालो यात्रा तय गरेको नेप्से अन्तिममा ७६.६४ अंक अर्थात ३.६५ प्रतिशतले बढ्दै २१ सय ७७ को विन्दुमा पुगेको हो ।

आज दिनभर २ सय ६० कम्पनीका ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैयाँ माथि पुगेको हो ।

आज बजारमा कारोबार भएकामध्ये सकारात्मक सर्किट लागेका ७ कम्पनीसहित २ सय १५ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL