Logo

धितोपत्र बोर्डका अध्यक्ष हमालको आरोप : मेराविरुद्ध स्वार्थ समुहको लाभमा समाचार लेखिए

धितोपत्र बोर्डका अध्यक्ष हमालको आरोप : मेराविरुद्ध स्वार्थ समुहको लाभमा समाचार लेखिए



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालले आफ्ना विरुद्ध चरित्रहत्या गर्नेगरी समाचार प्रकाशित भएको भन्दै खण्डन गरेका छ । केहिदिन अघिदेखि आफुविरुद्धका विभिन्न समाचारहरु संचारमाध्यममा प्रकाशित हुँदै आएपछि उनले सोमबार विज्ञप्ति नै जारी गरी आफ्नाविरुद्ध कपोकल्पित र भ्रामक समाचारहरु संप्रेषण भएको बताएका हुन् ।

laxmi

‘उल्लेखित समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित छन, उक्त समाचारमार्फत मेरो चरित्र हत्या गर्न खोजिएको विषयलाई मैले गम्भिर रुपमा लिएको छु,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो तथ्यहीन भ्रामक समाचार प्रकाशन पत्रकारिताको मूल मान्यता, मर्म र सिद्धान्त अनुरुप हुनै सक्दैन मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्धेश्यले प्रायोजित रुपमा प्रकाशित समाचारहरुका सम्बन्धमा करिव २० बर्ष देखी विदेशमा रही बिज्ञको रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको छु ।’
यस्तै उनले आफुले कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको पनि स्पष्टिकरण विज्ञप्तिमार्फत दिएका छन् ।

विज्ञप्तिमा धितोपत्र बजारमा शुरु भएको विभिन्न सुधारको अभियानको क्रममा बोर्ड अध्यक्ष प्रति लक्षित गरि संचार माध्यममा तथ्यहीन समाचारहरु संप्रेषण हुनु गम्भिर विषय भएको बताईएको छ ।

‘पद्धति र विधि निर्माण गरी यस क्षेत्रमा भएको उल्लेखनीय हस्तक्षेप एवं बिगत देखि निहित स्वार्थ समुहको ईच्छाविपरित साहसिक रुपमा ठोस पहलकदमीबाट तिल्मिलाएकाहरुवाट संप्रेषित समाचारहरु स्वत खण्डनीय नै छन,’ विज्ञप्तिमा भनिएको छ, ‘निश्चित स्वर्थसमुहको लाभका लागी मनोगढन्ते समाचार सम्प्रेषण गर्नुभन्दा लगानीकर्ताको हितमा हुनुपर्ने सुधारका कार्यमा सकारात्मक सुझाव सहित सहयोगको अपेक्षा समेत राख्दछु ।’

विज्ञप्तिमार्फत उनले पछिल्लो एक बर्ष अर्थात आफ्नो कार्यकालमा धितोपत्र बजार सुधारका लागि गरिएका कदमहरुको पनि विश्लेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL