Logo

नेपाली बजारमा म्याक्ससका पिकअप र कार्गाे भ्यान सार्वजनिक, यस्तो छ बजारमूल्य

नेपाली बजारमा म्याक्ससका पिकअप र कार्गाे भ्यान सार्वजनिक, यस्तो छ बजारमूल्य



काठमाडौं । नेपाली बजारमा चीनीयाँ व्रान्ड म्याक्ससका टी ६० र टी ७० पिकअप ट्रक एवं भी ८० कार्गो भ्यान सार्वजनिक भएका छन् । आईतबार आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नक्सालस्थित नयाँ सोरुममा एक कार्यक्रमको आयोजना गर्दै उक्त उत्पादनहरु सार्वजनिक गरेको हो । यी गाडीको मूल्य क्रमश ७८ लाख, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

२.८ लिटर र २ लिटरको टर्वो डिजेल इन्जिन जडान गरिएको यी पिकअपको पावर ११० र १२० किलोवाट छ भने टर्क ३६० र ३७५ एनएम रहेको छ । यी गाडीमा अटोमेटिक एसी, कीलेस इन्ट्रि र स्टार्ट, पुस–स्टार्ट वटन, हाइट एड्जस्टेवल स्टेयरिङ ह्विल, क्रुज कन्ट्रोल, रेन सेन्सिङ वाइपर, व्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायत फिचर दिइएको छ ।

मिड साइज पिकअपको रुपमा वर्गिकृत यी पिकअप ट्रकहरु सेग्मेन्टमै लामो र चौडा रहेको दावी गरिएको छ । यी गाडीमा लकिङ डिफ्रेन्सियलहरु समेत सामेल गरिएक कारण अफरोडका लागी उपयुक्त रहेको कम्पनीको भनाई छ । यसको ग्राउन्ड क्लिरियन्स २१५ एमएम र ह्विलवेश ३१५५ एमएम रहेको छ ।

सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ पाएको टी ६० मा ४ वटा एयरव्याग, इलेक्ट्रोनिक व्रेक फोर्स, डिस्ट्रिव्यूसन सहितको एविएस, इएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट एसिस्ट सिस्टम, ट्रयाक्स कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक व्रेक एसिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा जस्ता सेफ्टि फिचर्स पाउन सकिन्छ ।

यसैगरी भी ८० कार्गो भ्यानमा यूरो फोर स्ट्यान्डर्डको इको–डी २.५ लिटर टर्वो डिजेल इन्जिन जडान गरिएको छ । यो गाडीको पावर १०० किलोवाट र टर्क ३३० एनएम रहेको छ । यो भ्यान यातायात र फेमिली ट्रिपका लागी उपयुक्त हुने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL