Logo

दोहोरो अंकले घट्यो बजार, कारोबार रकम पौने ४ अर्ब माथि

दोहोरो अंकले घट्यो बजार, कारोबार रकम पौने ४ अर्ब माथि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । सोमबार कारोबार समयदेखि तिव्र उत्तारचढाव भईरहेको बजार अन्तिममा १३.७१ अंकले घट्दै २१ सय ६५ को विन्दुमा पुगेको हो ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ६६ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा ४१ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ । बढेका कम्पनीमध्ये ५ कम्पनीको सेयरमूल्यमा सर्किट ब्रेकर लागेको छ ।

आज दिनभर २ सय ५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८६ करोड ४० लाख ८ हजार माथि पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL