Logo

९ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक

९ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक



काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार ९ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिममा घट्दै २१ सय ७३ को विन्दुमा पुगेर रोकिएको हो ।

आज बजारमा कुल २ सय ४८ कम्पनीका १ करोड ३३ लाख ४ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम झण्डै ५ अर्ब नजिक पुगेको हो । आज कुल सेयर ६९ हजार ६ सय ३७ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ९२ करोड ७ लाख १४ हजार रुपैयाँ माथि पुगेको हो ।

आज सर्किट ब्रेकर लागेका ४ कम्पनीसँगै ८० कम्पनीको सेयरमूल्य उकालो लाग्दा बाँकी रहेका १ सय २१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL