Logo

बीग मार्ट र स्मार्ट क्युआरबीच सहकार्य, तरकारी खरिदमा १५ प्रतिशत छुट

बीग मार्ट र स्मार्ट क्युआरबीच सहकार्य, तरकारी खरिदमा १५ प्रतिशत छुट



काठमाडौं । स्मार्ट क्युआर र बीगमार्टबीच सहकार्य भएको छ । विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट हुनेगरी दुई निकायबीच सहकार्य भएको हो ।

laxmi

उक्त छुट आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL