Logo

नेप्सेमा ३२ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ७२ करोड माथि

नेप्सेमा ३२ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ७२ करोड माथि



काठमाडौं । यो साता पहिलोपटक खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३२.७२ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको बजार अन्तिममा दोहोरो अंकले बढ्दै २१ सय ८२ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ५० कम्पनीका १ करोड १८ लाख ८३ हजार २ सय ८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रुपैयाँ पुगेको हो ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ६९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज ग्रिन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL