Logo

६४ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि

६४ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६४ अंकले बढेको छ । पछिल्लो समय उकालो लागिरहेको बजारमा बुधबार पनि उच्च अंकको वृद्धि हुँदा नेप्से विन्दु २१ सय २५ को विन्दुमा पुगेर रोकिएको हो ।

कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजारमा दिनभर २ सय ५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँ माथि पुगेको छ ।

उच्च अंकले बढेको बजारमा १४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य १६ कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेका हुन् । आज बजारमा कारोबार भएका कम्पनीमध्ये २ सय ७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL