Logo

एनसीएचएलले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड, डिजिटल रुपान्तरणमा उल्लेख्य भूमिका

एनसीएचएलले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड, डिजिटल रुपान्तरणमा उल्लेख्य भूमिका



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कर्पोरेट एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले आयोजना गरेको ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ अन्तर्गत कम्पनीले फिनटेक विधातर्फको अवार्ड हात पारेको हो ।

laxmi

यस्तै अवार्ड समारोहमा डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गरेकोमा एनसीएचएलले उक्त सम्मान पाएको बताईएको थियो ।
भुक्तानीका पूर्वाधारहरु स्थापना र संचालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले महत्वपूर्ण योगदान पुर्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनसीएचएलले विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आइपीएस, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट्स इन्टरफेस, कर्पोरेट पे र रिटेल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्यूआर लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL