Logo

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट एक आपसमा गाभिए, संयुक्त कारोबार सुरु गरेको घोषणा

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट एक आपसमा गाभिए, संयुक्त कारोबार सुरु गरेको घोषणा



काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड एक आपसमा गाभिएका छन् । शुक्रबारदेखि दुवै कम्पनी एक आपसमा गाभिएर एकिकृत कारोबारको घोषणा गरेका हुन ।

laxmi

नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गरेपश्चात् गत भदौ २१ मा नबिल र एनबी क्यापिटल बीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।

मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धि एजेन्डा पारित गरेका थिए ।
बिशेष साधारण सभाबाट अनुमोदित निर्णय सहित दुवै संस्थाबाट एकिकृत कारोवारका लागि कम्पनी रजिष्ट्रारको कार्यलय निवेदन पेश गरिएको थियो ।

कम्पनी रजिष्ट्रारबाट एकिकृत कारोवारको लागि स्विकृति प्राप्त भए पश्चात् गत मंसिर २७ गते यस कम्पनीको संचालक समितिको निर्णय बमोजिम आज पौष १ गतेका दिन देखि एकिकृत कारोवार गर्ने घोषणा गरिएको हो ।
घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL