Logo

संचालक, व्यवस्थापकदेखि लेखापरिक्षकसम्मको सेयर रोक्का राख्न नेप्सेको निर्देशन

संचालक, व्यवस्थापकदेखि लेखापरिक्षकसम्मको सेयर रोक्का राख्न नेप्सेको निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कुनै पनि संस्थाको संचालक, व्यवस्थापक, लेखापरिक्षक वा माथिल्लो ओहोदाका पदाधिकारीहरुको नाममा रहेको सेयर रोक्का राख्न निर्देशन दिएको छ । नेप्सले बुधबार एक सूचना जारी गर्दै सम्बन्धित संस्था, कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ नियम ३८ १ (क)मा त्यस्ता व्यक्तिहरुले सोही कम्पनीको सेयर आफ्नो, आफ्नो परिवारको वा आफुनिकट संघसंस्थाको नामा खरिदविक्री गर्न नपाउने उल्लेख छ । तर, पछिल्लो समय केहि संघसंस्थाका पदाधिकारीहरु नै यस्ता क्रियाकलापमा संलग्न भएको पाईएपछि नेप्सेले सम्बन्धित कम्पनीहरुलाई सम्बन्धित व्यक्ति निकटको सेयर कारोबार नै रोक्का राख्न निर्देशन दिएको हो ।

नियमावलीमा कुनै संस्थाको संचालक, कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव वा सो सरहका पदाधिकारीहरुले आफु पदमा रहेसम्म र पदबाट अवकाश पाईसकेको १ बर्षसम्म पनि आफ्नो, आफ्नो परिवारको, संस्थाको नाममा सेयर कारोबार गर्न नपाउने उल्लेख छ । सोही अनुसार अबको १५ दिनभित्रमा यस्ता व्यक्तिको सेयर कारोबार रोक्का राखेर मात्रै पदको जिम्मेवारी दिन कम्पनीहरुलाई नेप्सेले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL