Logo

नेपालमा इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक

नेपालमा इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक



काठमाडौं(जस)–इलेक्ट्रा इलेक्ट्रिक कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको छ । उक्त ब्राण्डका एम्बेस्डर सुरज सिहं ठकुरीले इलेक्ट्रा इलेक्ट्रिकको नयाँ उत्पादन सेलिजको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले भने, ‘सधै विश्व प्रख्यत ब्राण्डसँग आवद्ध हुन जसलाई पनि मन लाग्छ । तर जबसम्म पहिलो खुड्किलोमा कसैले साथ दिँदैन, त्यो ठूलो ब्राण्ड हुँदैन । मैले सुरुवती दिनहरुमा अग्रजहरुको त्यति साथ पाईन् । सानो तहबाट नै अगाडि बढ्नुपर्छ भन्ने सोचलेनै म यो इलेक्ट्रा इलेक्ट्रिक ब्राण्डमा आबद्ध भएको हो ।’ ठकुरी कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोताका साथै अभिनेता पनि हुन् । उनी नाई न भन्नु ल ३ फिल्ममा अभिनय गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए ।

ब्राण्डको आफ्नो गुणस्तरीयले गर्दा आगमी दिनमा राम्रो ब्राण्डको रुपमा परिचित हुने विस्वास समेत दिलाएका थिए । इलेक्ट्रा इलेक्ट्रिकको सबै उत्पादन गुणस्तरीय भएको कम्पनीले दाबी गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फीन इलेक्ट्रोटेक २०२२को दशौं संस्करण बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । ५० भन्दा बढी स्टल रहेको यस मेलामा विभिन्न विद्युतीय उत्पादनको प्रदर्शनी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL