Logo

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो बजार, कारोबार रकममा गिरावट

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो बजार, कारोबार रकममा गिरावट



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार घटिरहेको बजार बिहीबार भने ११.५६ अंकले बढ्दै १९ सय ३३ को विन्दुमा पुगेको हो ।

कारोबार समयको सुरुवातिदेखि नै उकालो यात्रा तय गरेको नेप्सेको कारोबार रकममा भने बिहीबार केहि गिरावट आएको छ । बुधबार १ अर्ब नाघेको कारोबार आज घटेर ९५ करोड ५१ लाख ७४ हजार रुपैयाँमा सिमित भएको हो ।

आज कारोबार अवधिभर २ सय ३२ कम्पनीका २५ लाख ६९ हजार २ सय २९ कित्ता सेयर १८ हजार ४ सय ९५ पटक निबेच भएका छन् ।

आज १ सय ४४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL