Logo

आइएमई पे र मेरो किरानाबीच सम्झौता, एपमार्फत वस्तु खरिद गरे १५ प्रतिशतसम्म छुट

आइएमई पे र मेरो किरानाबीच सम्झौता, एपमार्फत वस्तु खरिद गरे १५ प्रतिशतसम्म छुट



काठमाडौं । आइएमई पे र मेरो किरानाबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच आइएमई पे का उपभोक्तालाई मेरो किरानामा छुट गरिने सम्बन्धि सम्झौता भएको हो ।

मेरो किरानाको महाबचत सेल अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्न आइएमई पे बाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिक्तम ३ सय रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL