Logo

आइएमई पे र बीग डिजिटलबीच सम्झौता, टिभी खरिदमा ५ हजारसम्म जित्ने मौका

आइएमई पे र बीग डिजिटलबीच सम्झौता, टिभी खरिदमा ५ हजारसम्म जित्ने मौका



काठमाडौं । आइएमई पे र बीग डिजिटलवीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार कतारमा जारी विश्वकप फुटबलका खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार रुपैयाँ फ्ल्याट छुट पाईने भएको हो । साथै, ग्राहकहरुले ५ हजार रुपैयाँसम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL