Logo

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला, सर्वसाधारणका लागि छुट्याईयो साढे ५१ लाख कित्ता

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला, सर्वसाधारणका लागि छुट्याईयो साढे ५१ लाख कित्ता



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री नभएका ८ लाख ६ हजार ३ सय ९० सहित कूल ५६ लाख ६ हजार ३ सय ९० कित्ता साधारण सेयर प्रतिसेयर १ सय रुपैयाँ अङ्कित दरमा निष्काशन गर्न लागेको हो ।

सार्वजनिक आह्वान पत्रानुसार निष्कासित सेयरमध्ये एक लाख ६८ हजार १ सय ९० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र २ लाख ८० हजार ३ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ५१ लाख ५७ हजार ८ सय ८० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने उल्लेख छ ।

सर्वसाधारणलाई बिक्री गरिने सेयरमा लगानीकर्ताले यही कात्तिक २९ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी मङ्सिर ९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी, पुर्मु र चुर्मु खोलाको बहाव प्रयोग गरेर ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् ‘ख’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL