Logo

मिसेलिन टायरको नँया सोरुम विरगंजमा, टायर खरिदमा ज्याकेट निशुल्क

मिसेलिन टायरको नँया सोरुम विरगंजमा, टायर खरिदमा ज्याकेट निशुल्क



काठमाडौं । मिसेलिन टायर ब्राण्डको नयाँ सोरुम विरगंजको बाईपास रोडमा संचालनमा आएको छ । यसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले उक्त ब्राण्डको नयाँ सोरुम संचालनमा ल्याएको हो । ‘जय मा दुर्गा टायर हाउस’ नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका हुन् ।

laxmi

ग्राहक एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो । साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ ।

जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL