Logo

जाल्पाका सेयरधनीले ७७ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

जाल्पाका सेयरधनीले ७७ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आफ्ना सेयरधनीलाई प्रथम पटक ७७ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समिति बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांस दिनेगरी प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पुँजी हाल १६ करोड रुपैयाँ छ। यसमा प्रस्तावित ७३ प्रतिशत बोनस सेयर जोडिएपछि लघुवित्तको चुक्ता पुँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र बाँडफाँट हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL