Logo

यामाहाको ‘आर वान १५ भि ४’ मोटरसाइकल नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

यामाहाको ‘आर वान १५ भि ४’ मोटरसाइकल नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । यामाहाको आरवान १५ भि ४ नेपालमा सार्वजनिक गरिएको छ । यामाहा मोटर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । बिहीबार आफ्नै ब्लु स्क्वायर स्वरुम नक्सालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीले मोटरसाइकल सार्वजनिक गरेको हो ।

आज सार्वजनिक गरिएको चौथो जेनेरेशनको उक्त मोटरसाइकल मुलतः ट्र्याक स्पिड, कर्भ र स्पोर्ट्स बाइकमा रुची राख्नेहरुका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । १ सय ५५ सिसि एफआई इन्जिनमा भिभिए राखी तयार पारिएको मोटरसाइकललाई ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ कनेक्टलगायतले सजाईएको छ ।

यसमा टु लेभस सिटसहित स्माट विशेषताहरुसमेत समावेश गरिएको छ । यसका साथै एसिस्ट एण्ड स्लिपर क्लच र भिभिएजस्ता प्रणालीले मोटरसाइकललाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई यसको पर्फरमेन्स बढाएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL