Logo

निफ्राका लगानीकर्ताले ४ प्रतिशत लाभांस पाउने, राष्ट्र बैंकको स्वीकृत पछि वितरण

निफ्राका लगानीकर्ताले ४ प्रतिशत लाभांस पाउने, राष्ट्र बैंकको स्वीकृत पछि वितरण



काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)का लगानीकर्ताले ४.२१ प्रतिशत लाभांस पाउने भएका छन् । शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त लाभांस दिने घोषणा गरेको हो ।

गत बर्ष यस्तो लाभांस बैंकले ८.४२ प्रतिशत वितरण गरेको थियो । बैंकले कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९३ लाख रुपैयाँ नगद दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL