Logo

बुधबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने उच्च गिरावट

बुधबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने उच्च गिरावट



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ११.१९ अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार घटिरहेको बजार बुधबार दोहोरो अंकले बढ्दै १८ सय ४८ को विन्दुमा पुगेको हो ।

आज कारोबार अवधिभर २ सय २६ कम्पनीका २५ लाख ३१ हजार ३ सय ७० कित्ता कारोबार भएपनि कारोबार रकममा भने मंगलबारको तुलनामा उच्च गिरावट आएको छ । नेप्सेका अनुसार आज दिनभर सेयर किनबेच हुँदा कारोबार रकम भने ७२ करोड १२ लाख ५९ हजार ८ सय ४८ रुपैयाँमा सीमित भएको हो ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ४८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा सामलिङ पावर कम्पनी लिको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै आज ६२ कम्पनीको सेयरमूल्य घटेको छ ।

आज सबैभन्दा बढी कारोबार नबील बैंकको भएको छ । आज नबिल बैंक एक्लैको ३ करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL