Logo

बजाजको उपहारसँगै स्वरोजगार अभियान, ३ पांग्रेको खरिदमा स्मार्टफोन र टिभी सित्तैमा

बजाजको उपहारसँगै स्वरोजगार अभियान, ३ पांग्रेको खरिदमा स्मार्टफोन र टिभी सित्तैमा



काठमाडौं । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनील दशैं, तिहार र छठ अभियान सुरु गरेको छ । कम्पनीले ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ नारासहित उक्त अभियान सुरु गरेको हो ।

उक्त अभियानमार्फत बजाज मयाक्सिमा सी वा बजाज रि बीएस६ को खरिदमा ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसंग एफ२२ स्मार्टफोन प्राप्त गर्न सक्नेछन ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक, अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकहरूमाझ उक्त अभियान प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए । उनले उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू ग्राहकहरूलाई प्रदान गर्ने आफ्नो लक्ष्य रहेकोसमेत बताए । यो अभियालने ग्राहकहरुलाई आफ्नै देशमा स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्ने बिश्वास उनको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL