Logo

मंगलबार २१ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १९ करोड पुग्यो

मंगलबार २१ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १९ करोड पुग्यो



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २१.२२ अंकले घटेको छ । कारोबार समयको सुरुवाति समयदेखि ओरालो लाग्न सुरु गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्दै १९ सय ५१ को विन्दुमा पुगेको हो ।

आज कारोबार अवधिभर २ सय २७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १९ करोड ७ लाख ६५ हजार बढी पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा बढी हो ।

आज म्युचुअल फण्ड समुहको परिसुचक सामान्य अंकले उकालो लाग्दा अन्य सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी गिरावट निर्जिवन बीमा, जीवन बीमा, विकास बैंक, लघुवित्त र जलविद्युत समुहको परिसुचकमा देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ७ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL