Logo

जिडब्लुएमको चाडपर्व अफर, सवारी खरिदमा आकर्षक छुटसहित एक वर्षको फ्री मेन्टेनेस प्याकेज

जिडब्लुएमको चाडपर्व अफर, सवारी खरिदमा आकर्षक छुटसहित एक वर्षको फ्री मेन्टेनेस प्याकेज



काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठको अवसर पारी जिडब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने गरी उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

उक्त योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।

जिडब्लुएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन्् । साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।

विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भिजी इम्पेक्स/ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ । ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL