Logo

पहिलोपटक नाडा इभी एक्स्पो हुँदै, भदौ एक गतेदेखि स्टल बुकिङ खुल्ने

पहिलोपटक नाडा इभी एक्स्पो हुँदै, भदौ एक गतेदेखि स्टल बुकिङ खुल्ने



काठमाडौं । आयात प्रतिवन्धका कारण स्थगित भएको नाडा एक्स्पो अब इभी एक्स्पोको रुपमा आयोजना हुने भएको छ । शो गर्नका लागि आवश्यक गाडी नै नआउने भएपछि नाडाले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म विद्यूतीय गाडीको मात्रै नाडा इभी एक्स्पो आयोजना गर्न लागेको हो ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । उक्त इभी एक्सपो आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । इभी एक्स्पोका लागि भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

गत बैशाख १३ गतेदेखि सरकारले पेट्रोलबाट चल्ने जिप, भ्यानलगायतको आयातमा प्रतिवन्ध लगाएको थियो । सोही अनुसार नेपालमा गाडी अभाव हुने भएपछि नाडाले विद्युतीय गाडीको एक्स्पो गर्न लागेको हो । नयाँ आर्थिक बर्षदेखि आयात प्रतिवन्ध भदौ १४ सम्म थप गरिएको थियो । यसो हुँदा तय भईसकेको नाडा एक्स्पो नाडाले स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL