Logo

शुक्रबार ३४.८५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

शुक्रबार ३४.८५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसुचकमा ३४.८५ अंकको गिरावट आएको छ । पछिल्ला केहिदिन लगातार उकालो लागेको नेप्से परिसुचकमा शुक्रबार उच्च अंकको गिरावट आउँदा नेप्से परिसुचक २१ सय १३ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

कारोबार समयको २ घण्टामा शुक्रबार म्युचुअल फण्डबाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट जीवन बीमा र लघुवित्त समुहको परिसुचकमा देखिन्छ । आज यी दुई समुहको परिसुचकमा क्रमशः ११९ र ११६ अंकको गिरावट आउँदा निर्जीवन बीमा समुहको परिसुचकमा ९५, विकास बैंक समुहको परिसुचकमा ८६ र वित्त समुहको परिसुचकमा ६५ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि आज २२ अंकको गिरावट आएको छ ।
आज २ घण्टा कारोबार समय अवधिभर २ सय १३ कम्पनीका ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ । यो हिजोको तुलनामा कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL