Logo

ललितपुर महानगरपालिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण, क्वीक रेस्पोन्सट टिमलाई सहजीकरण

ललितपुर महानगरपालिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण, क्वीक रेस्पोन्सट टिमलाई सहजीकरण



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रालिले ललितपुर महानगरपालिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेको छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपालिकाले हस्तान्तरण गरेको हो ।

आइएमई इेलेक्ट्रिक प्रालि राफ्ट इेलेक्ट्रिक स्कूटरहरुको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जेमा १ सय किमि रेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमि , बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएको नगरपालिकाले बताएको छ ।

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन । कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL