Logo

नेपालको पुँजी बजार विकासमा सेबी र बीएसईको सहयोग, प्रशिक्षण इन्स्टिच्युट संचालनमा ल्याईने

नेपालको पुँजी बजार विकासमा सेबी र बीएसईको सहयोग, प्रशिक्षण इन्स्टिच्युट संचालनमा ल्याईने



काठमाडौं । भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले नेपालको पुँजी बजार विकासमा सहयोग गर्ने भएको छ । सेवीको निमन्त्रणमा नेपाल धितोपत्र बोर्डबोर्ड अध्यक्ष रमेश हमाल नेतृत्वको टोलीलाई बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ) प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहानले नेपालको पुँजी बजार विकासमा आफुहरुले सहयोग गर्ने बताएका हुन् ।

laxmi

अध्यक्ष हमाल नेतृत्वको टोलीले विएससीले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साईबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी लिनुका साथै प्रणालीको अवलोकन गरेको थियो । सोही क्रममा बि.एस.इ का प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको बताएका हुन् । त्यस्तै भ्रमण टोलीले वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एन.आइ.एस.एम. को भ्रमण गरेको थियो । भ्रमणका क्रममा आगामी दिनमा प्रभावकारीरुपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पुँजी बजार प्रशिक्षण इन्स्टिच्युटको संचालनमा ल्याउन समेत सेवीले समन्वय तथा सहकार्य गर्ने भएको छ ।

भ्रमणको क्रममा सेबीका अध्यक्ष श्रीमति माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबीच द्धिपक्षीय सहयोग आदान प्रदान सम्बन्धमा छलफल भएको थियो । सो क्रममा दुई अध्यक्षज्यू बीच आगामी दिनमा दुई निकायबीच लङट्रम को अपरेशन स्थापित गरी समन्वय र सहकार्य गरी अगाडि बढने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै नेपालको पुँजी बजार विकासको लागि भारतीय पुँजी बजारले संचालनमा ल्याएका अभ्यासहरु विशेषगरी संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाईन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।

उक्त भ्रमणबाट दुई देशका नियामक निकाय बीच दीर्घकालीन समन्वय तथा सम्बन्ध स्थापित भई नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा बोर्डका अपेक्षा रहेको छ । भ्रमण दलमा बोर्डका अध्यक्ष हमाल, का.मु. कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उप कार्यकारी निर्देशक कृष्णराज पोखरेल र का.मु. उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्माको सहभागिता रहेको थियो । सो टोलीले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटि मार्केटस(एन.आइ.एस.एम) र मल्टी कमोडिटि एक्सचेज अफ इण्डिया(एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL