Logo

५३ कम्पनीको सेयर कारोबार रोक्का, के कारणले रोकियो दोस्रो बजारमा कारोबार ?

५३ कम्पनीको सेयर कारोबार रोक्का, के कारणले रोकियो दोस्रो बजारमा कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालसम्म ५३ कम्पनीको सेयर कारोबार रोक्क राखेको छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने प्रक्रियामा भाग लिँदै गर्दा त्यस्ता कम्पनीहरुको कारोबार नेप्सेले रोक्का राखेको हो । नेप्सेको कारोबार रोक्का रहेको सूचीमा हेर्दा धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु तथा बीमा कम्पनीहरु मर्जर प्रक्रियामा भाग लिएका छन् भने केहि कम्पनीहरु बन्द भएका छन् ।

laxmi

नेपाल राष्ट्र बैंक र बीमा समितिले मर्जरमा जाने बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थालाई विशेष सुविधाको प्याकेज ल्याएपछि हाल मर्जरमा जाने कम्पनीको संख्या बढेको छ । नेप्सेले कारोबार रोक्का गरेका कम्पनीमध्ये ६ ओटा वाणिज्य बैंक, १० ओटा निर्जीवन बीमा कम्पनी, ८ ओटा जीवन बीमा कम्पनी र ५ ओटा लघुवित्त छन् । यस्तै नेप्सेले ५ ओटा फाईनान्स, १३ उत्पादनमुलक, २ ओटा व्यापार र एउटा अतिरिक्त कम्पनीको कारोबार रोक्का राखेको छ ।

बैंक, बीमा र लघुवित्त कम्पनीहरु भने मर्जरकै प्रक्रियामा रहेकाले कारोबार रोक्का राखिएको बताईएको छ ।

यी हुन् कारोबार रोक्का गरिएका ५३ कम्पनीहरु :

प्रतिक्रिया दिनुहोस्
MBL