Logo

टेकस्टूडियोले दराज ब्रान्ड डे मनाउँदै, ५१ प्रतिशतसम्म छुटको अवसर

टेकस्टूडियोले दराज ब्रान्ड डे मनाउँदै, ५१ प्रतिशतसम्म छुटको अवसर



काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ गन्तव्य दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेकस्टूडियो का साथमा- हाईफ्यूचर, रिम्याक्स, एक्वाफिट र वीवुसहित साउन ३ गते विभिन्न उत्पादनहरूमा विशेष डिलहरू प्रदान गर्दै आफ्नो प्लेटफर्ममा अर्को ब्रान्ड अनावरण गर्ने भएको छ। ब्रान्ड डेमा स्मार्टवाचहरू, स्पिकरहरू, टीडब्लुएस इयरबडहरू, ल्यापटपका सामानहरू र अन्य धेरै ब्राण्डहरु उपलब्ध हुनेछन्।

टेकस्टूडियो एक घरेलु नेपाली ब्रान्ड हो । उच्च गुणस्तरका ब्रान्डहरूको दायरा, त्यो पनि किफायती दरमा ल्याएर टेकस्टूडियो नेपालमा एक अग्रणी स्मार्टवेयर र एसेसरिज कम्पनी साबित हुँदैछ। टेकस्टूडियोका बजार प्रबन्धक रजील शाक्यले आफ्ना नियमित ग्राहकहरूलाई नयाँ अनुभव दिन र अनलाईनमासमेत टेकस्टूडियोका उत्कृष्ट उत्पादनहरू किन्न सहज बनाउन ब्रान्ड डे मनाउन लागेको जानकारी दिए।

यो एक दिने ब्रान्ड डेको अवसरमा १९ जुलाई, २०२२ को मध्यरातदेखि २३–५९ सम्मको अवधिमा खरिदकर्ताहरूले दराजमा टेकस्टूडियोको उत्पादनहरूमा ५१ k|ltzt सम्म छुट, उत्पादनहरूमा निःशुल्क डेलिभरी, रोमाञ्चक कलेक्टेबल भौचरहरू प्राप्त गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
MBL