Logo

अन्नपूर्ण केवलकार मर्मतका लागि १ हप्ता बन्द, साउन ७ गतेदेखि पुनः संचालन हुने

अन्नपूर्ण केवलकार मर्मतका लागि १ हप्ता बन्द, साउन ७ गतेदेखि पुनः संचालन हुने



काठमाडौं । अन्नपूर्ण केवलकार १ हप्ताका लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि बिहिबार (आज) देखि आगामी साउन ६ गतेसम्म बन्द हुने भएको हो ।
उक्त केवलकार पोखरा लेकसाईडमा सेदीवगरदेखि सराङकोटसम्म चल्ने गरेको छ । नियमित मर्मत सम्भार पछि आगामी साउन ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै सेवा बन्द हुदा यात्रुहरुलाई पर्न जाने असुविधा प्रति कम्पनीले क्षमा मागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL