Logo

आइएमई पे को ‘क्यूआर डे विथ आइएमई पे’ १ दिने अफर सार्वजनिक, क्युआर स्क्यान गरी सामान खरिद गर्दा १० प्रतिशत छुट

आइएमई पे को ‘क्यूआर डे विथ आइएमई पे’ १ दिने अफर सार्वजनिक, क्युआर स्क्यान गरी सामान खरिद गर्दा १० प्रतिशत छुट



काठमाडौं । आइएमई पे ले आफ्ना प्रयोगकर्ता माझ १ दिने अफर सार्वजनिक गरेको छ । ‘क्यूआर डे विथ आइएमई पे’ अफर अन्तर्गत आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरीमा १० प्रतिशत छुट (अधिकतम १०० रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको हो । सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट मार्फत भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने कम्पनीले जानकारी दिएकोे छ ।

आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर यही असार १० गते शुक्रबार १ दिनका लागि मात्र मान्य हुने आई एम ई ग्रुपले जानकारी दिएको छ ।

अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउने भएका छन भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त नहुने कम्पनीले जानकारी दिएको छ ।

आइएमई पे नेपालको फिनटेक मध्ये एक रहेको र यसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको छ । वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आइएमई पे आफ्ना सेवाहरू एक सरल तर प्रभावकारी एप मार्फत देशका हरेक कुना–कुनामा उपलब्ध गराउनमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL